रास्वपा संसदीय दलको बैठक भैरहवामा जारी

सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि नेताहरु दलको बैठकमा बसेका हुन् ।

१४ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए ।

सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि नेताहरु दलको बैठकमा बसेका हुन् । संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ ।

‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले उठाएका भिजिट भिसा प्रकरण लगायत मुद्दा, त्यसमा सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद चलाएको, संसदमा पेश भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडान आदि विषयमा समीक्षा गरी आगामी रणनीति तय हुनेछ’ रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने ।

परियारका अनुसार पार्टीका नेता र सांसदहरु आज–भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *