भारतको तेलंगानामा लु लागेर १६ जनाको मृत्यु

राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।

जेठ, काठमाडौं । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ ।

राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले उक्त जानकारी दिएका हुन् । सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ ।

मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका प्रमुख अधिकारी (कलेक्टर) हरूको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै ४ जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए ।

त्यसपछि वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३/३ जनाको मृत्यु भएको छ । यस्तै, जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १/१ जनाको मृत्यु भएको मन्त्री रेड्डीले बताए ।

राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *