महेश बस्नेतले गरे मतदान

पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका बस्नेतले  सूर्यविनायक-७ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

भक्तपुर: भक्तपुर-२ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्। पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका बस्नेतले  सूर्यविनायक-७ स्थित वडा कार्यालय मतदान केन्द्रमा मतदान गरेका हुन् ।

२०७४ को निर्वाचनमा करिब १८ हजार मतान्तर सहीत प्रतिनिधि सभा सदस्य निर्वाचित बस्नेत २०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका दुर्लभ थापासंग ९ सय ५७ मतले पराजित बनेका थिए।
२०७० देखि एमालेको तर्फबाट निरन्तर उम्मेदवार बस्नेत यो निर्वाचनमा चौथो पटक उम्मेदवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *