क्यालिफोर्निया पुग्यो सुनामी, १ मिटर माथिको रेकर्ड गरियो
उत्तरी क्यालिफोर्नियाको क्रेसेन्ट सिटीमा सुनामीका छाल ३.६ फिट (१.०९ मिटर) मा रेकर्ड गरिएको छ।
काठमाडौं : मंगलबार रूसको पूर्वी कामचट्का प्रायद्वीप नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। यसले गर्दा जापान, अमेरिका लगायतका देशमा सुनामीको चेतावनी आएको छ।
यसैबीच सुनामीका छाल अमेरिकाको पश्चिमी तटमा पुगेका छन्। उत्तरी क्यालिफोर्नियाको क्रेसेन्ट सिटीमा सुनामीका छाल ३.६ फिट (१.०९ मिटर) मा रेकर्ड गरिएको छ।
राष्ट्रिय सुनामी चेतावनी केन्द्रका अनुसार केप मेन्डोसिनोदेखि ओरेगनको सिमानासम्म चेतावनी जारी छ। पछिल्लो अपडेट अनुसार एरिना कोभमा छालहरूको उचाइ १.६ फिट (०.४८ मिटर)बाट करिब ३ फिट (०.९ मिटर)मा भएको छ।