स्कार्पियोमा काठ तस्करी, चालक फरार

बरामद काठ करिब ४६ क्युफिट रहेको वन कार्यालयले जनाएको छ ।

रौतहट : रौतहटमा काठ लोड गरिएको स्कार्पियोलाई वनको टोलीले नियन्त्रणमा लिएको छ। काठसहितको भारतीय नम्बर प्लेटको स्कार्पियो  कटहरिया नगरपालिका-१  भसेडवाबाट नियन्त्रणमा लिइएको वन अधिकृत विनोद जेठाराले जानकारी दिए।

एमएच ०४ डिबि ६३५३ नम्बरको भारतीय स्कार्पियोका चालक फरार भएको प्रहरीले जनाएको छ। उनको खोजीकार्य जारी रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

बरामद काठ करिब ४६ क्युफिट रहेको वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *