मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते
१८ साउन, बुटवल । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन् ।
मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् । घाइते विनोद मृतक राममिलनका छोरा हुन् ।
टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको रुपन्देही प्रहरीका सूचना अधिकारी गणेश सापकोटाले जानकारी दिए ।