पिकअपको ठक्करबाट पूर्व असईको मृत्यु

अर्की घाइते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ। विजयपुरबाट जंगलसैया जाँदै गरेको प्रदेश २ ००३,००५ प ३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको रातो नम्बर प्लेटको को २ त ३२६३ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक कटहरिया नगरपालिका–५ निवासी नेपाल प्रहरीका पूर्व असई ६० वर्षीय सुशील कुमार क्षेत्री र पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया रिता रोक्काको खुट्टामा चोट लागेको थियो। घाइते दम्पतीलाई उपचारका लागि तत्काल वीरगन्जस्थित नेशनल मेडिकल पठाइएको भएपनि अस्पतालका डाक्टरले पूर्व असई क्षेत्रीलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख, प्रहरी निरीक्षक  सुरेन्द्र यादवले बताए।

अर्की घाइते रोक्काको उपचार नेशनल मेडिकल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी दुधिअवाबाट करिब १ किलोमिटर पूर्वमा पर्छ। ठक्कर दिने गाडी र चालक फरार छन् भने गाडीको पूर्ण विवरण खुल्न बाँकी रहेको र खोजतलास कार्य जारी रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *