बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु

खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।

१९ साउन, काठमाडौं । बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।

प्रहरीका अनुसार उनी सोमबार राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् । सो क्रममा ढुंगामा चिप्लेर उनी खोलामा डुबेकी थिइन् ।

खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।

उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा १:४८ बजे मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *