‘साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी थियो, त्यसकै आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो,’ ओलियाले भने, ‘अब वाइबालाई थप कारबाहीका लागि काठमाडौं पठाउँछौं ।’
उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् । त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।
आफूलाई सामाजिक अभियन्ता बताउने वाइबाले सामाजिक सञ्जाल तथा युट्युबलगायत माध्यममा भद्दा रूपमा प्रस्तुत हुँदै आइरहेकी छन् ।