बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो ।
२२ साउन, काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई दोषी ठहर गरेको हो ।
बुधबार राति विशेष अदालतले नदीजन्य पदार्थ हानिनोक्सानी गरी भ्रष्टाचार गरको मुद्दामा थापासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल चौधरीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतले उनीहरुमाथि ३० करोड २९ लाख रुपैयाँ नदीजन्य पदार्थ हानीनोक्सानी गरेको ठहर गरेको हो ।
दोषी ठहर भएकाहरुलाई सजाय निर्धारणका लागि विशेष अदालतले अर्को बिहीबार(२९ साउन)मा पेशी तोकेको छ । ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।