सर्लाहीमा छुरा प्रहारबाट तीन जना घाइते

उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

२२ साउन, काठमाडौं । सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् ।

बलरा नगरपालिका-१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो ।

झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।

धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा  चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि छुरा प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *