राजस्थानमा ट्रकसँग भ्यान ठोक्कियो, सात बालबालिकासहित ११ जनाको मृत्यु

प्रहरीले बताएअनुसार उनीहरू सबै पिकअप भ्यानमा यात्रा गरिरहेका थिए। बुधबार बिहान भ्यान पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो।

नयाँ दिल्ली : भारतको राजस्थानको दौसामा सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मृत्यु हुनेमा सात बालबालिका र चार महिला रहेका छन्।  प्रहरीले बताएअनुसार उनीहरू सबै पिकअप भ्यानमा यात्रा गरिरहेका थिए। बुधबार बिहान भ्यान पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो।

प्रहरी नायब उपरीक्षक रविप्रकाश शर्माले दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भयो भने एक महिलाको एसएमएस अस्पताल पुगेपछि मृत्यु भयो। बाँकी घाइतेको उपचार भइरहेको छ।

पिकअप भ्यानमा २० जनाभन्दा बढी यात्रु थिए। पिकअप भ्यानले राजमार्गको सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई ठक्कर दियो। प्रहरीका अनुसार दुर्घटनामा आठजना  घाइते भएको र एकजनाको अवस्था गम्भिर रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *