अहिलेसम्म एक रुपैयाँ घुस लिएको छैन : राजेन्द्र लिङ्देन
लिङदेनले आफूले राजनीतिक जिवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको दावी गरे।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन्। राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हुन्।
उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे। लिङदेनले आफूले राजनीतिक जिवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको दावी गरे।
उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरू विदेशीन नपर्ने गरि स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे।उनले पार्टीले लिएको उद्देश्य पूरा गर्न एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई निर्देशन दिए।