घोराही उपमहानगर-८ का अध्यक्षको राजीनामा स्वीकृत, सदस्यलाई कार्यवाहक तोकियो
घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत पछि अनुमोदन गरेको हो ।
दाङ : घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले वडा अध्यक्षबाट दिएका छन्। शाहले असार अन्तिममा दिएको राजीनामा आजको कार्यपालिका बैठकमा अनुमोदन गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए।
‘राजीनामा नगर प्रमुखले स्वीकृत गर्ने हो, त्यो असार मसान्तमा नै स्वीकृत भइसकेको थियो र आजको कार्यपालिकाले त्यसको अनुमोदन गरेको छ’ नगर प्रमुख चौधरीले भने।
घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले अध्यक्ष शाहले दिएको राजीनामा स्वीकृत पछि अनुमोदन गरेको हो । कार्यपालिकाले राजीनामा अनुमोदन गरेसँगै अध्यक्ष पदबाट शाह हटेका छन् ।
गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा शाह नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।
अध्यक्ष शाहले पटक–पटक जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष राजीनामा बुझाएका थिए। उनीलाई बिचमा एमालेले समेत कारबाही गरेको थियो । वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
अध्यक्ष शाहले यसअघि पनि धेरै पटक विज्ञप्तिमार्फत नेकपा (एमाले) मा नरहेको जानकारी गराउँदै आएका थिए।