अमेरिकाले रद्द गर्‍यो ६ हजार विद्यार्थीको भिसा

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ।

काठमाडौं : अमेरिकी विदेश विभागले अमेरिकी कानुन उल्लङ्घन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिदिएको छ। मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो मुद्दा मादक पदार्थ सेवन गरी गाडी चलाउने,चोरी र आतंकवादलाई समर्थनसँग सम्बन्धित छन्।

यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक हिस्सा हो।  जसअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरू विरुद्ध पनि कडा कारबाही भइरहेको छ।

यद्यपि, परराष्ट्र मन्त्रालयले आतंकवादलाई समर्थन भन्ने विषयमा भने प्रष्ट खुलाएको छैन।

ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ। उनीहरूमाथि  यहूदी विरोधी व्यवहार गरेको आरोप छ।

विदेश मन्त्रालयले भनेको छ,’ हजार भिसामध्ये चार हजारलाई कानुन उल्लङ्घन गरेको आरोपमा रद्द गरिएको हो।’ यसबाहेक, आईएनए ३ बीअन्तर्गत आतंकवादसम्बन्धी मुद्दाहरूमा २०० देखि ३०० भिसा रद्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *