गाजामा युद्धविराम र बन्दी रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन

प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ।

८ भदौकाठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्।

बीबीसीका अनुसारधेरै शहरमा भएका विरोध र्‍यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ।

इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन्।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको गठबन्धन अहिले युद्धन अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौताको विरोधी रहेका अतिदक्षिणपन्थीको समर्थनमा टिकेको छ ।

यसैबीचगाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमण र कुपोषणका कारण ६० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेको छ।

संयुक्त राष्ट्र महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता‘ भन्दै तत्काल युद्धविरामसबै बन्दीहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *