झापामा सवारी दुर्घटनामा चालकको मृत्यु, एकै परिवारका चार घाइते

मारुती भ्यान, पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रण लिएको छ।

झापा : झापाको विरिङ पुलमा दुईवटा सवारीसाधन एकाअर्कोमा ठोक्किँदा मारुती भ्यान चालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ३४४० नम्बरको मारुती भ्यान र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको पिकअप एकाअर्कोमा ठोक्किँदा चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

मृतक मारुती भ्यान चालकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतकसँग भेटिएको मतदाता परिचयपत्रमा शिबसताक्षी नगरपालिका–७ का २९ वर्षीय नवराज बाँस्कोटा लेखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी भ्यानमा सवार शिबसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, उनीहरूका १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

मारुती भ्यान, पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका–८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रण लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *