जडिबुटीमा पार्किङ गरेको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु
दुर्घटनामा घाइते भएपश्चात उनीहरूलाई उपचारको लागी तत्काल ट्रमा सेन्टर लगिएको थियो।
काठमाडौं : काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिकै पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार गएराति सडकको पेटीको छेउमा रोकी राखेको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटरले ठक्कर खाँदा नवलपरासी सुनौल-१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय स्कुटर चालक शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल-२ का २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएपश्चात उनीहरूलाई उपचारको लागी तत्काल ट्रमा सेन्टर लगिएको थियो। घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा रदोलखा भिनपा-७ स्थायी घर भई हाल काडाँघारी बस्ने २५ वर्षीय अरनिको यातायातको बस चालक सुभाष तामाङ प्रहरी वृत बानेश्वरको नियन्त्रणमा रहेका छन् ।
मृतकका आफन्तहरू अस्पतालमा आइसकेको प्रहरीको भनाई छ।