रुपन्देही-३ : रास्वपाका आकांक्षीले रविलाई भेट्दै

साढे एक बजेपछि उम्मेदवार घोषणा हुने भएकोले आकांक्षीहरु त्यसअघि नै सभापति लामिछानेलाई भेट्न जाने रास्वपा स्रोतले जनाएको छ ।

काठमाडौं : रुपन्देही–३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिस्पर्धामा ९ जना प्रारम्भिक उम्मेदवारले सभापति रवि लामिछानेसँग भेट गर्ने भएका छन्।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो ।

रास्वपाका अनुसार सहकारी ठगीको मुद्दामा पूर्वपक्षका लागि नख्खु जेलमा सभापति लामिछानेलाई उनीहरुले आज बिहान ११ बजे भेट्न लागेका हुन्।

साढे एक बजेपछि उम्मेदवार घोषणा हुने भएकोले आकांक्षीहरु त्यसअघि नै सभापति लामिछानेलाई भेट्न जाने रास्वपा स्रोतले जनाएको छ ।

आगामी कात्तिक १७ गते हुने निर्वाचनका लागि २५ हजार दस्तुर तिरेर उनीहरुले आवेदन दिएका थिए। रास्वपाका अनुसार आवेदन दिनेमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् ।

रास्वपाले भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ। अन्तिम नामावली प्रकाशन गर्नु अगाडि उनीहरुले सभापति लामिछानेलाई भेट्न लागेका हुन्।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट निर्वाचित भएका दीपक बोहराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *