झापाको औषधि पसलबाट लागुऔषध बेच्ने एक जना पक्राउ
प्रहरीका अनुसार ३८ वर्षीय राजवंशीले सञ्चालन गरेको औषधि पसलबाट ट्रामाडोल ३०० पत्ता (३००० क्याप्सुल) बरामद गरेको हो।
झापा : झापाको बिर्तामोडस्थित दिवाकर फर्माका सञ्चालक प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका–२ चैतुबारीस्थित दिवाकर फर्माका सञ्चालक किरण राजवंशी लागुऔषध क्याप्सुलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार ३८ वर्षीय राजवंशीले सञ्चालन गरेको औषधि पसलबाट ट्रामाडोल ३०० पत्ता (३००० क्याप्सुल) बरामद गरेको हो।