ट्रक र स्कारपिओ ठोक्किदा दुवै गाडीमा सवार सबै यात्रु घाइते

 घाइते अधिकांशको टाउको ,निधार ,हात र खुट्टामा चोट लागेको छ।

रौतहट : रौतहटमा बुधबार बिहान ट्रक र स्कार्पियो ठक्कर खाँदा १० जना घाइते भएका छन्।  पूर्व पश्चिम राजमार्गअन्तर्गत चंद्रपुर- ४ स्थित धनसर पुल नजिकै पोखराबाट सर्लाहीको हरिवानतर्फ गइरहेको गण्डकी बा ०८०४ नम्बरको  स्कार्पियो गाडी र विपरित दिसाबाट आइरहेको प्रदेश १— ०२—००१ ख ९४१० नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्घटनामा परेर स्कारपिओ चालक कास्कीको पोखरा महानगरपालिका ११ बस्ने ४९ वर्षीय बिष्णुप्रसाद पौडेलसहित १० जना घाइते भएका हुन्।  घाइते अधिकांशको टाउको ,निधार ,हात र खुट्टामा चोट लागेको छ।

उनीहरूको चन्द्रनिगाहपुर्स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार  स्कार्पियोमा ८ र ट्रकमा २ जना सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *