कोशीमा फैलिदै लम्पी स्किन महामारी, ९ सय ८९ वटा पशुचौपाया मरे
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पी स्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्रमार्फत पालिकाहरूलाई वितरण गरेको छ ।
काठमाडौं : कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगामा पनि ७ वटा गाईगोरुमा लम्पी स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।
कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाईगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैंसी रहेको तथ्यांक छ । कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।
लम्पी स्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाइ गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ ।