मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ का २५ वर्षीय शिशिर तामाङ पक्राउ परेका हुन्


२२ मंसिर, काठमाडौं । मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ का २५ वर्षीय शिशिर तामाङ पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक माधव विश्वकर्माले उनले काठमाडौंबाट विभिन्न प्रलोभनमा पारी झुक्याएर बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले एक महिलालाई नेपाल तर्फको कृष्णनगर सीमा नाकाबाट भारततर्फ लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको बताए।

पक्राउ परेका शिशिर तामाङलाई प्रहरीले जिल्ला अदालतबाट थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गराई इलाका प्रहरी कार्यालय कृष्णनगरको हिरासतमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *