भक्तपुरमा पनि लाग्यो कर्फ्यु

प्रशासनले मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको हो।

२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रशासनले मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको हो।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ वटा नगरपालिकाभित्र  तोकिएका  निषेधित क्षेत्रमा कसैले आवात जावत गर्न,कुनै प्रकारको भेला,जुलुस,प्रदर्शन ,सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन्।

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *