शेखरले दिए आफू निकटका मन्त्रीलाई राजीनामा गर्न निर्देशन
जेन–जी प्रदर्शन हिंसात्मक भएपछि कांग्रेस सरकारमा बस्न उपयुक्त नहुने भन्दै उनले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको उनी निकट एक नेताले जानकारी दिए।
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह गरेका छन् ।
चीन भ्रमणमा रहेका डा. कोइराला भ्रमण छोट्याएर आज बेलुका नेपाल फर्कन लागेका छन् । कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको बताएका छन् ।
जेन–जी प्रदर्शन हिंसात्मक भएपछि कांग्रेस सरकारमा बस्न उपयुक्त नहुने भन्दै उनले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको उनी निकट एक नेताले जानकारी दिए।
कोइरालाले मन्त्री तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारीलाई राजीनामा दिन निर्देशन दिएका हुन्। यसैगरी प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ।
जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सयभन्दा बढी घाइते भएका छन्।