शीतलनिवासमै छन् राष्ट्रपति
नयाँ सरकार गठनको तयारी हुँदैगर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।
२६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै रहेको खुलेको छ ।
प्राप्त सूचना अनुसार, उनी उनले प्रधानसेनापति र विज्ञसहित शीतलनिवासमै बसेर छलफल गरेका छन् । नयाँ सरकार गठनको तयारी हुँदैगर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।
यसैबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ ।
बिहीबार बेलुकी राष्ट्रपति पौडेलसँग शीतलनिवासमा संविधानविद् विपिन अधिकारी, पूर्णमान शाक्य र भिमार्जुन आचार्यले भेट समेत गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिले उत्पन्न परिस्थितिको निकास दिनेबारे कुराकानी गर्न बोलाएको बताएका थिए ।