मन्त्रीको अफर महावीर पुनलाई
मन्त्री अफरबारे राखेको जिज्ञासामा पुन बोल्न चाहेनन् । उनले भने, ‘यो अहिले बोल्ने कुरा होइन ।’
५ असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरुसँग पनि छलफल गरेकी छन् ।
छलफलका क्रममा कार्कीले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बतायो । तर, पुनले भने स्पष्ट जवाफ दिएका छैनन् ।
मन्त्री अफरबारे राखेको जिज्ञासामा पुन बोल्न चाहेनन् । उनले भने, ‘यो अहिले बोल्ने कुरा होइन ।’