अफगानिस्तानलाई ट्रम्पको चेतावनी– बग्राम एयरबेस हस्तान्तरण गरिएन भने गम्भीर परिणाम भोग्नुपर्ने छ

यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्।

५ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । शनिबार उनले ट्रुथ सोशलमा लेख्दै भने, ‘यदि अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई फर्काएन भने परिणाम निकै खराब हुनेछ ।’

यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्।

बेलायत भ्रमणको क्रममा ट्रम्पले आफ्नो सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन प्रयास गरिरहेको उल्लेख गरेका थिए।

उनको भनाइमा तालिबानले भनेको छ,ʻइतिहासले हाम्रो भूमिमा विदेशी शक्तिहरूलाई कहिल्यै स्वीकार गरिएको छैन।ʼ

Leave a Reply

Your email address will not be published. Required fields are marked *