जनमत छोडेका नेताहरूले ‘युथ फर नेशन’ अभियान सुरु गने

उनीहरुले २ असोजमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका थिए।

५ असोज, काठमाडौं। जनमत पार्टीबाट बाहिरिएका ६ नेताले ‘युथ फर नेशन’ अभियान सुरु गर्ने भएका छन् ।

पार्टी अध्यक्ष डा. सीके राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका उनीहरु आफैले दल परित्याग गरेका थिए । उनीहरुले २ असोजमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका थिए।

उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले जनमत छोडेका थिए ।

जनमत पार्टी परित्याग गरेपछि युवाहरुलाई जोड्ने गरी अभियान सुरु गर्न लागेको डा.शरदसिंह यावले जानकारी गराए। जेनजी आन्दोलनको माग केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड सहित मधेसी दलका अध्यक्षहरुलाई पनि सन्देश दिएको उल्लेख गर्दै यादवले अनलाइनखबरसँग भने,‘अब युवाहरुका कुरा सुन्ने गरी देशभर जान्छौं ।’ युवा केन्द्रीत बहस प्रारम्भ गरिने तर तत्काल पार्टी गठन गर्ने सोंच भने नरहेको उनले बताए।

पार्टी अध्यक्ष डा राउत र उनका दाजु जयकान्तको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनीहरु दुवैको छ नेताले राजीनामा मागेका थिए । ‘हामी दल खोल्ने गरी अलग भएकै होइनौं,’ यादवले अनलाइनखबरसँग भने,‘हामी प्रवृत्तिका विरुद्धमा रहेर पार्टी छोडेका हौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *