चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे


२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको हो ।

चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र दुई छक्का मद्दतमा ३६ रन योगदान गरे ।

विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे ।

पहिलोपटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *