पाकिस्तानले भारतसँग टी-२० विश्वकपको खेल नखेल्ने

विगतमा भारत र पाकिस्तान बीच भएका खेलहरूमा भएको मैदान भित्रको तनावका कारण पाकिस्तानले भारतसँगको खेल नखेल्ने घोषणा गरेको आकलन गरिएको छ। 

काठमाडौं : आइसीसी टी-२० विश्वकपमा पाकिस्तानले भारतसँगको खेल नखेल्ने घोषणा गरेको छ। पाकिस्तानले सामाजिक सञ्जालमार्फत पाकिस्तानी टिम श्रीलंका गएर प्रतियोगिता खेल्ने तर भारतसँगको खेल नखेल्ने घोषणा गरेको हो। पोस्टमा लेखिए अनुसार, ‘पाकिस्तान क्रिकेट टिमले फेब्रुअरी १५ मा भारतसँगको खेल खेल्ने छैन।’

यो घोषणामा कुनै पनि आधिकारिक कारण खुलाइएको छैन। विगतमा भारत र पाकिस्तान बीच भएका खेलहरूमा भएको मैदान भित्रको तनावका कारण पाकिस्तानले भारतसँगको खेल नखेल्ने घोषणा गरेको आकलन गरिएको छ।

यसअघि बंगलादेशले सुरक्षा चुनौतीका कारण भारतमा खेल्न अस्वीकार गरेको थियो। आइसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई प्रतियोगितामा स्थान दिएको छ। भारत र पाकिस्तानसँगै नामिबिया, नेदरल्यान्ड र अमेरिका पनि समूह ए मा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *