हेटौंडाको बस्तिपुरमा सवारी दुर्घटना ३१ जना घाइते , २ जनाको अवस्था गम्भीर

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार दुर्घटनामा बस र ट्रकमा सवार ३१ जना घाइते जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

हेटौंडा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तिपुरमा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्।

सोमबार दिउँसो चितवनबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको टायर पड्कन गई अनियन्त्रित भइ हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ८१८० नं. को मालबाहक ट्रकसँग ठक्कर खान जाँदा ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारा तर्फ आउँदै गरेको ना ७ ख १७७४ नं. को तेल बोक्ने खाली ट्यांकरलाई ठक्कर दिई दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार दुर्घटनामा बस र ट्रकमा सवार ३१ जना घाइते जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरूलाई हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचारको लागि पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *