रास्वपाको केन्द्रीय समितिको बैठक जारी, विशेष महाधिवेशनको माग
छैठौं कार्यसूचीमा पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा छलफल गर्ने र सातौंमा विविध विषय रहेका छन् ।
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।
नेपाली कांग्रेस संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गुरुराज घिमिरेको नेतृत्वमा महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन्।
केन्द्रीय समिति बैठकमा ७ वटा कार्यसूची रहेका छन् ।
पहिलो समसामयिक अवस्था र बैठकबारे छ । दोस्रोमा प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गर्ने, तेस्रोमा परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा राख्ने छ ।
चौथोमा पार्टी संगठन एवं विभाग सम्बन्धमा छलफल गर्ने रहेको छ भने पाचौं कार्यसूचीमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।
छैठौं कार्यसूचीमा पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा छलफल गर्ने र सातौंमा विविध विषय रहेका छन् ।