चट्याङ लागेर रौतहटमा ३ जनाको मृत्यु

आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । 

रौतहट : रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । शनिबार साँझ ६:३० बजे चट्याङ लागेर कटहरिया नगरपालिका- २, हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो ।

यसैगरी शनिबार दिउँसो नै ईशनाथ नगरपालिका ८ मनसरीका ४५ वर्षीय शेख जमरुलको आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *