अहिलेको सरकार संविधानअनुसार बनेको छैन : ओली

अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ, किनभने अहिले देशमा सरकार छ, अहिलेको सरकार संविधानअनुसार बनेको छैन।

२२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको जिकिर गरे ।

‘अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ, किनभने अहिले देशमा सरकार छ, अहिलेको सरकार संविधानअनुसार बनेको छैन। बलमिच्याईँले बनेको सरकार छ। उनले थपे, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो। संसद् तुरुन्त सपथ ग्रहण, तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु। त्यो सिफारिस लागु गर्नुपर्छ र संसद भंग गर्ने हो भने प्रधानमन्त्रि हुन्छ। नत्र जेन्जीले देशमा आगो बाल्छ।’ उनले थपे, ‘संसद भंग गर्ने पूर्व सर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता जनताको सर्वोच्च संस्था संसद र लोकतन्त्रको जग भत्काउने सर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो।’

ओलीले भने, ‘कार्कीलाई राम्ररी थाहा छ। नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो। के के व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ। प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन। प्रधानमन्त्री मन्त्रीको कुरा छौडौं। तर उहाँ सुरिनु भयो।त्यो सुरिन २३ र २४ गते जेनजी भनेर सडकमा उत्रनुभयो। उहाँ के कामका लागि उत्रनुभयो ? चुनाव गराउन भन्ने त राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो। उहाँहरुको होइन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *