सीटीईभीटीका उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा ४ मंसिरमा हुने

सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ ।

जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए ।

उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *