सुन्धाराको होटलमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला

उच्च रक्तचापका कारण स्वास्थ्य समस्या भोग्दै आएका पुनको निधन त्यही कारणले भएको आशंका गरिएको छ ।

२८ असोज, रुकुमपूर्व । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ बागबजारका सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मंगलबार बिहान काठमाडौंमा मृत अवस्थामा फेला परेका छन् ।

पुन राजधानीको सुन्धारास्थित रोयल थकाली होटलमा मृत भेटिएका हुन् । बिहान नउठेपछि होटलका कर्मचारीले हेर्दा मृत अवस्थामा फेला परेपछि परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।

उच्च रक्तचापका कारण स्वास्थ्य समस्या भोग्दै आएका पुनको निधन त्यही कारणले भएको आशंका गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१० बाछिगाउँ निवासी पुन लामो समयदेखि रुकुम पश्चिममै बसेर शैक्षिक क्षेत्रमा क्रियाशील थिए ।

मृतक पुनका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *