सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै
आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ र नेपालले जिते विश्वकपमा छनोट हुने छ।
२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ।
आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ र नेपालले जिते विश्वकपमा छनोट हुने छ।
नेपालले आइतबार यूएई र सोमबार कतारलाई हराएको छ भने ओमानले पनि कतार र यूएईलाई हराएको छ।