एमाले केन्द्रीय कमिटीको बैठक सुरु
आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।
३० असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक सुरु हुने भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।
आजको बैठक निर्धारित समयभन्दा एकघण्टा पछि सुरु भएको छ।
बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ ।
आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । यस हिसाबले भोलि शुक्रबार बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।