मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ सौरेखोला (चिदिका)मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको  दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार  अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मीको छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको छ। उनीहरू दुवै मोटरसाइकलका चालक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दिपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले  बताए। गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *