काठमाडौं महानगरले कलंकी र डिल्लीबजार मालपोतलाई अनुदान दिने
प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव बैठकबाट पारित भएको हो।
३१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरेको ।
शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले यस्तो प्रस्ताव पारित गरेको हो ।
प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव बैठकबाट पारित भएको हो।
बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन् ।तीमध्ये वडा नम्बर ५ टंगालस्थित व्यावसायिक भवन निर्माण तथा सञ्चालन, वडा नम्बर १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नम्बर १ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन् ।