थापाथलीको अनधिकृत संरचनामा चल्यो डोजर

महानगरपालिकाको टोलिले शुक्रबार सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना भत्काएको हो ।

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको राममन्दिरमा बनाइएका अनधिकृत संरचना भत्काएको छ ।

महानगरपालिकाको टोलिले शुक्रबार सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना भत्काएको हो ।

सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएपछि महानगरले खाली गर्न भनेको थियो ।  तर, संरचना यथावत् रहेपछि शुक्रबार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएर भत्काएको छ ।

गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले पनि महानगरको सहयोग मागेको थियो । महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।

काठमाडौं महानगरपालिकाले बिहीबार नै एक सूचना जारी गरेर अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय अनुसार खाली गर्न चेतावनी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *