सुन-चाँदीको मूल्य घट्यो

सुनको मूल्य २ लाख ३७ हजार २ सय कायम भएको छ।

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन मंगलबार १४ सय रुपैयाँले घटेको सुन आज ११ सयले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सयले घटेर एक तोला सुनको मूल्य २ लाख ३७ हजार २ सय कायम भएको छ। अल्लो दिन मंगलबार सोही परिमाणको सुन २ लाख ३८ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २ हजार ९९० तोकिएको छ। मंगलबार प्रतितोला चाँदी ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *