बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी

सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी मुलुकहरूलाई गाली गरेको कसुरमा युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो ।

काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर व्युरोमा उजुरी दिएको छ । साहविरुद्ध परेको जाहेरी अध्ययनका क्रममा रहेको साइबर व्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए।

सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी मुलुकहरूलाई गाली गरेको कसुरमा युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो ।

जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न माग गरिएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए। जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए।

बालेनले केहिदिनअघि अश्लील शब्द प्रयोग गरी गालीगलौजयुक्त स्टाटस फेसबुकमा लेखेका थिए। स्टाटसको आलोचना भएपछि बालेनले फेसबुकबाट हटाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *