विराटनगर किंग्सको नयाँ जर्सी सार्वजनिक

डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी रेखाहरूले एकता, शक्ति र गतिशीलताको प्रतीक रहेको टिमले बताएको छ। 

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। जर्सीको रंग र डिजाइन परिर्वतन गरिएको छ।

जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भाव झल्काउने गरी परिमार्जन गरिएको टिमले जानकारी दिएको छ।

आइतबार विराटनगरले एक विज्ञप्तिसहित नयाँ जर्सीको लोगो सार्वजनिक गरेको हो। डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह समेट्ने सात रेखाहरू रहेका छन्। यी रेखाहरूले एकता, शक्ति र गतिशीलताको प्रतीक रहेको टिमले बताएको छ।

जर्सीको काँधमा एपाउलेट रहेको छ। यी सबैले विराटनगर किंग्सको जर्सीले कोशीको प्रतिनिधित्व गर्ने बताइएको छ। ‘द जर्सी: द क्राउन वी अर्न’ थिममा तयार पारिएको यो जर्सीले एकता र भावनाको प्रतीक रहेको बताए।

विराटनगर किंग्सले नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, नरेन साउद र सुवास भण्डारीलाई रिटेन गरेको थियो। अक्सनबाट किंग्सले सूर्य तामाङ, नारायण जोशी, शाहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई आफ्नो टिममा अनुबन्ध गरेको थियो।

विराटनगर किंग्समा हालसम्म फाफ डु पेल्सिस, मार्टिन गप्टिल, जर्ज मुन्से, साम हिज्लेट र मर्चेन्ट डे लाङलाई विदेशी खेलाडीको रूपमा भित्र्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *