मधेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोज यादव नियुक्त
प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री यादवलाई सपथ ग्रहण गराएकी हुन्।
२४ कात्तिक, काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।
प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेज होटेलमा मुख्यमन्त्री यादवलाई सपथ ग्रहण गराएकी हुन्। 
मुख्यमन्त्रीमा सरोज यादवको सिफारिसमा मन्त्री परिषद् समेत विस्तार गरेका छन्। मन्त्रीहरूमा एमालेका लखनलाल दास तत्मा, राप्रपाका कन्चन बिच्छा र संघीय समाजवादी पार्टी नेपालकी विमला अन्सारीलाई मन्त्री पदमा सपथ लिएकी हुन्। उनीहरुहरु बिना विभागीय मन्त्री बनेका हुन्।