दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

उनले विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विष्फोटबाट स्तब्ध र दुस्खी भएको बताएकी छन् ।

उनले विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

सोमबार बेलुकी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विष्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले यस दुस्खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *