यो रणनीतिक होइन, देश बचाउने एकता हो : प्रचण्ड

उनले १० बाट १२ घटक पुगेको र आगामी दिनमा यो संख्या बढेर जाने दाबी गरे। 'यही तरिकाले अघि बढ्दै जाने हो भने नेपालमा अरु दल नै नरहने हो कि भन्ने पनि आयो,' उनले भने। 

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूबीचको एकता रणनीतिक नभएको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभा गृहमा नेता भीम रावललाई समाहित गराउँदै संयोजक प्रचण्डले कम्युनिस्टहरूको आवश्यकता अपरिहार्य रहेको बताए।

‘यो ट्याक्टिकल एकता होइन। चुनावका लागि गरिएको एकता पनि होइन। राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता आइपर्‍यो। त्यो वस्तुगत आवश्यकता देखेर एकताको सुरुवात गरेका हौं,’ संयोजक प्रचण्डले भने।

उनले १० बाट १२ घटक पुगेको र आगामी दिनमा यो संख्या बढेर जाने दाबी गरे। ‘यही तरिकाले अघि बढ्दै जाने हो भने नेपालमा अरु दल नै नरहने हो कि भन्ने पनि आयो,’ उनले भने।

संयोजक प्रचण्डले आफूहरू (माधव नेपालसहित) नेकपाका तीता-मिठा कुरा स्मरण गर्दै गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने आवश्यकता देखिरहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *