सञ्चारकर्मी दिपेन्द्र खनियाँ मृत फेला

उनी घरमै झुन्डिएको अवस्थामा फेला परेका हुन्।

काठमाडौँ-  सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन्।

उनी आइतबार काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित थापागाउँस्थित घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया सकेको तथा शव पोस्टमार्टमका लागि लगिने पनि उनले जानकारी दिए। उनी घरमै झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनी रेडियो अडियोका सञ्चालक थिए।

उनी मृत भेटिएकै घरमा रेडियो अडियोको कार्यालय थियो। खनियाँले केही महिनाअघि मात्रै उक्त घर बिक्री गरे पनि उनीहरू त्यहीँ बस्दै आएका थिए।

उनका श्रीमती र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *