विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

विराटनगरका लागि शुभम रन्जाले सर्वाधिक ३८ रन बनाउँदा बसिर अहमदले ३५ र लोकेश बमले २८ रन बनाए ।

८ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सका बलरहरुले उत्कृष्ट प्रदरश्न गरेपछि नेपाल प्रिमियर लिग अन्तर्गत अहिले भइरहेको खेलमा विराटनगर किंग्स १३५ रनमा रोकिएको छ ।

यसअघि लगातार दुई खेल जितेको विराटनगरले कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको २० ओभरमा ७ विकेट गुमाएर जनकपुरबोल्टस्‌लाई १३६ रनको लक्ष्य दिएको हो।

विराटनगरका लागि शुभम रन्जाले सर्वाधिक ३८ रन बनाउँदा बसिर अहमदले ३५ र लोकेश बमले २८ रन बनाए । जनकपुरले १६ ओभरसम्म स्पीनल बलिङ गराएको थियो ।

जनकपुरका रुपशे सिंहले १२ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । यस्तै संगिथ कुरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । आदित्य माहताले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *